पोखरामा नहरमा डुबेर बेपत्ता भएका बालक मृत फेला
पाेखरा | साउन २५, २०८०
पोखरा: पोखरामा पौडी खेल्ने क्रममा नहरमा बगेर बेपत्ता भएका बालक मृत फेला परेका छन् ।
पोखरा महानगरपालिका १७ पावर हावस नजिक नहर कुलोमा पौडी खेल्ने क्रममा नहरमा बगेर बेपत्ता भएका १० वर्षीय सम्बोधन अधिकारी मृत फेला परेको प्रहरीले जनाएको छ ।
पोखरा घारीपाटन बस्ने डिल्लीराम अधिकारीको छोरा सम्बोधन अधिकारी आज (बिहीबार) पावर हाउस नजिक नहर कुलोमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।
नहरमा पौडी खेल्ने क्रममा बेपत्ता भएका अधिकारीलाई शसस्त्र प्रहरी बल कालिका गण मालेपाटनबाट खटिएको टोलीले झण्डै एकसय मिटर तल मृत अवस्थामा फेला पारेको कास्की प्रहरीले जनाएको छ ।
बालकको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

